३० वर्षे हटाएर अहिलेकै आइजीपीले निरन्तरता नपाउने, नयाँ आइजीपीमा थापा र राईको प्रतिस्पर्धा

काठमाडौं - सरकारले प्रहरीको ३० वर्षे सेवा अवधिसम्बन्धी प्रावधान हटाउने गरी प्रहरी नियमावली संशोधन गर्ने र अहिलेकै आइजीपीलाई निरन्तरता दिने तयारी गरिरहेको बताइए पनि अन्ततः अहिलेकै आइजीपीले निरन्तरता नपाउने देखिएको छ।

निर्वाचनअघिको शेरबहादुर देउवा सरकारले प्रहरी नियमावली संशोधन गर्ने तयारी गरेको थियो। यसका लागि गृह मन्त्रालयले प्रस्ताव तयार गरेर कानुन मन्त्रालयमा पठाएको थियो। यो प्रस्ताव मन्त्रिपरिषदले स्वीकृत गर्ने प्रावधान छ।

तर, तत्कालीन मनित्रपरिषदमा यो प्रस्ताव पेश गरेर स्वीकृत नहुँदै निर्वाचन भएको र त्यतिबेलाको सरकार कायम नरहेकोले यो प्रस्ताव कानुन मन्त्रालयमै छ। कानुन मन्त्रालयमा रहेको यो प्रस्तावलाई अहिलेको मन्त्रिपरिषदमा पेश गरेर नियमावली संशोधन गर्ने तयारी भइरहेको बताइए पनि त्यस्तो नहुने स्रोत बताउँछ।