सुनको मूल्य स्थिर, प्रतितोला १ लाख २४ हजार ६०० रुपैयाँमा कारोबार

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासङ्घका अनुसार मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ ।

आज चाँदी तोलामा ५ रुपैयाँले घटेर तोलाको १५२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा १५२५ रुपैयाँमा कारोबार भएको थियो ।