हङकङमा कडा सुरक्षा कानुन पारित, सरकारबिरूद्ध बिद्रोह गरे आजीवन काराबास

काठमाण्डौँ - हङकङमा नयाँ राष्ट्रिय सुरक्षा कानून पारित भएको छ । हङकङले कडा सुरक्षा कानून पारित गरेसँगै नागरिकको स्वतन्त्रता हनन् हुने बारेमा उतिकै चिन्ता ब्यक्त गरिएको छ ।

अधिकारीहरूले स्थायित्वका लागि सो कानुन आवश्यक रहेको बताए पनि आलोचकहरूले भने सो कानुनले नागरिक स्वतन्त्रतालाई थप खलल पार्ने डर रहेको जनाएका छन् । हालै पारित गरिएको धारा २३ सबन्धि कानुनले बाह्य हस्तक्षेप र विद्रोह जस्ता नयाँ अपराधहरूलाई लक्षित गरेको छ र पुष्टी भएमा दण्ड स्वरूप आजीवन कारावासको सजाय दिने बिषय समावेश गरिएको छ ।