प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्दैन : माधव नेपाल

काठमाडौं - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब विश्वासको मत लिने अवस्था नआउने बताएका छन् ।

गत २६ पुसमा विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभामा फेरि विश्वासको मत मागेका छन् । त्यस क्रममा एमाले र राप्रपाका नेताहरुले प्रधानमन्त्रीले दुई दुई महिनामा विश्वासको मत लिने अवस्था त आउने होइन भनेर प्रश्न गरेका थिए ।