लुटपाटको घटनामा बानेश्वरका एक प्रहरीसहित दुईजना पक्राउ

काठमाडौँ । प्रहरी वृत्त बानेश्वरका एक प्रहरीसहित दुईजना लुटपाटको घटनामा  पक्राउ परेका छन् ।

बुधबार उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वृत्तका हवल्दार चक्रबहादुर शाहीसहित दुईजना छन् ।

उनीहरूले रातोपुलको एक होटेलबाट साढे सात लाख रुपैयाँ लुटपाट गरेको खुलेको छ । प्रहरीले उनीहरूमाथि थप अनुसन्धान जारी राखेको छ ।