संसदमा बहुमत आउने अवस्था नभएपछि गठबन्धनको आत्मसात गर्नुपर्‍याे : कांग्रेस सभापति देउवा

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा बहुमत कै लागि गठबन्धन बनाइएको जिकिर गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै देउवाले राजनीतिक स्थिरता र समृद्धिको पक्षमा सधैभरि उभिरहने र राष्ट्रिय सरोकारका साझा विषयमा सहमतिका साथ अघि बढ्नुपर्ने बताएका छन्।

‘सबै लिङग वर्ण जाति समुदायको प्रनिधित्वलाईलाई निश्चित गर्न यो प्रणालीमा एक मात्र दलले संसदमा बुहुमत लिन नसक्ने हुँदा गठबन्धनको सस्कृतिलाई आत्मासाथ गर्नुपरेको छ त्यसैले हामीले उठाएको गठबन्धनको संस्करणमा जानुको विकल्प छैन,’ उनले भने।