नेपाल टेलिकमले हटायो विदेश सस्तोमा फोन गर्न मिल्ने १४२४ कोड

काठमाडौँ । नेपाल टेलिकमले सस्तोदरमा विदेशमा फोन गर्न मिल्ने १२२४ कोड हटाएको छ ।  नेपाल टेलिकमले विभिन्न देशमा सस्तोदरमा फोन गर्न सुरुमा १४२४ प्रयोग गर्न सकिने व्यवस्था गरेको थियो ।

हाल यो हटाएर नयाँ कोड राखिएको छ । टेलिकमका प्रवक्ता हरि ढकालले ‘सर्ट कोड’हरू धेरै भएर विस्तारै घटाउन यस्तो गरिएको बताए ।

विदेशमा सस्तोदरमा फोन गर्न अहिले १४२५ प्रयोग गर्न सकिने उनले जानकारी दिए । यस्तै, ०० अथवा १४४५ पनि प्रयोग गर्न सकिने उनले बताए । विभिन्न देशमा फोन गर्दा लाग्ने शुल्क र कोड हेर्न यहाँ क्लिक गर्नोस् ।