साताको कारोबारको दोस्रो दिन : सेयर बजार राताम्मे, २३.६० अंकले घट्यो नेप्से परिसूचक !

काठमाडौँ - साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार घटेको छ । सोमबार नेप्से परिसूचक २३.६० अंकले घटेर २०४६.८१ विन्दुमा झरेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.९१ अङ्कले घटेर ३९१.५४ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २५८ कम्पनीको ६० लाख ९१ हजार ३५३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ९४ करोड ७६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, कारोबारको आधारमा हिमालयन डिस्टिलरी अग्रिम स्थानमा छ । यसको आज २० करोड ८२ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै दोस्रोमा साल्ट ट्रेडिङ्ग कर्पोरेसन र जीबन विकास लघुवित्तको कारोबार भएको छ ।

बिहिबारको कारोबारमा १३ वटै उपसूचकमध्ये २ उपसुचक बढेको छ भने बाँकी सबै उपसूचक घटेको छ । आजको कारोबारमा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन र दोदी खोला जलबिद्युतका लगानीकर्ताले अत्याधिक कमाएका छन् । भने, जीबन विकास लघुवित्त र उपकार लघुवित्तका लगानीकर्ताले अत्यधिक गुमाएका छन् ।