एक किलो सुनसहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ

काठमाडौं । करिब १ किलो सुन सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना पक्राउ परेका छन् । विमानस्थलबाट ८ सय ५५ ग्राम सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफर रहेका छन्। उनी फ्लाई दुबईको विमानबाट सोमबार राती काठमाडौं ओर्लिएका थिए। गफुरलाई शंका लागेर जाँच गर्दा सुन फेला परेको थियो ।

प्रहरीले थप अनुसन्धानका लागि उनलाई भन्सार कार्यालयको जिम्मा लगाएको छ।