न्युजिल्याण्डमा आँधीका कारण १५ जनाको मृत्यु, हजारौं वेपत्ता

एजेन्सी - न्युजिल्याण्डमा गत साता गएको भीषण वर्षापछिको आँधीका कारण १५ जना बढीको मृत्यु भएको छ ।

आँधी प्रभावित उत्तरी क्षेत्रमा हजारौं मानिस वेपत्ता भएको खुलासा भएको हो । आँधी मत्थर भएपछि सुरु गरिएको उद्धाका क्रममा उत्तरी आइल्याण्ड क्षेत्रमा मात्रै ६ हजार ४ सय जना मानिसहरू वेपत्ता भएको पत्ता लागेको हो । वेपत्ता भएका मानिसहरु कति त जीवित्तै फेला पर्छन् भन्न सकिने अवस्था नरहेकाले आँधीबाट हुने मानवीय क्षति उच्च हुन सक्ने आँकलन उद्धारकर्मीहरुले गरेका छन् ।

उत्तरी क्षेत्रमा सयौं घरहरु क्षतिग्रस्त भएका छन् । सडक, बजार र सार्वजनिक संस्थाहरुको अवस्था पनि बिजोग भएको छ । त्यस क्षेत्रका २८ हजार घरमा अहिले पनि बिजुली र पानी आपूर्ति सुचारु हुन सकेको छैन । दैनिक उपभोग्य सामग्रीको आपूर्ति प्रणाली पनि ध्वस्त भएको छ ।