के तपाई उच्च रक्तचापको कारण समस्यामा हुनुहुन्छ ? यसरी गर्नुस् नियन्त्रण !

काठमाडौँ । पछिल्लो समय खानपिन र परिवर्तित जीवनशैलीको कारण प्रायः धेरैजसो मानिसमा उच्च रक्तचापको समस्याबाट पिडित भएको पाइन्छ । मानिसहरु खराब जीवन शैलीकोले गर्दा यस्ता समस्याहरुको सामना गर्न बाध्य छन् ।

आज हामी तपाईहरुलाई उच्च रक्तचापको समस्या कम गर्न के कस्ता खानेकुराहरु खानुपर्छ भन्ने बारे जानकारी दिदैछौँ ।  थाहा पाउनुहोस् उच्च रक्तचापको समस्या कम गर्न कस्ता कुरा खाने  ?

सागसब्जी

हरियो सागपात स्वास्थ्यका निम्ति निकै नै लाभकारी छ । यसले रगतको मात्रा मात्रै बढाउँदै रक्तचाप नियन्त्रण गर्न पनि राम्रो भूमिका खेल्दछ । पेटसम्बन्धी सबैखाले समस्यामा हरियोग सागसब्जी सर्वोत्तम तरकारी हो ।

चुकन्दर

चुकन्दर तपाईको स्वास्थ्यको लागि धेरै लाभदायक छ। चुकन्दर खाँदा शरीरमा रगतको कमी पनि हट्छ । साथै, रक्तचाप नियन्त्रणमा राख्छ । यसले उच्च रक्तचापका रोगीलाई निकै राहत दिएको पाइएको छ ।

दाल

प्रायजसो घरमा हरेक बिहान दाल पाक्छ । तर, कतिपयले दाल खान मन पराउँदैनन् । थाहा पाउनुहोस् दाल पेटसम्बन्धी समस्यामा मात्रै होइन विभिन्न रोगमा निकै लाभकारी छ। यसमा पाइने तत्वले तपाइँलाई बलियो तथा तन्दरूस्त मात्रै बनाउँदैन रक्तचाप नियन्त्रण राख्न पनि भूमिका खेल्छ ।

केरा

केरा एक निकै स्वादिष्ट र सर्वव्यापी फल हो । अत्याधिक मात्रामा क्यालोरी पाइने यस फल खाँदा शरीर निकै तन्दरूस्त हुन्छ । यसको प्रयोगले रक्तचापलाई स्वस्थ राख्न पनि निकै भूमिका खेल्ने विज्ञहरूले बताएका छन् ।

काँचो लसुन

काँचो लसुन तपाईंको शरीरको लागि धेरै लाभकारी मानिन्छ । तपाईंले यसलाई आफ्नो खानामा निश्चित रूपमा प्रयोग गर्नसक्नुहुन्छ । खानालाई पचाउन मात्रै होइन, लसुनले उच्च रक्तचाप नियन्त्रण गर्न पनि मद्दत गरेको तथ्य अध्ययनले देखाएको छ । एजेन्सीबाट