माछापुच्छ्रे बैंकको नाफामा २१.४५% ले गिरावट, वितरणयोग्य मुनाफा २४ करोड ६९ लाख ऋणात्मक

 काठमाण्डौँ - माछापुच्छ्रे बैंकको खूद नाफा २१.४५ प्रतिशतले घटेको छ । आज सार्वजनिक चालू आर्थिक वर्ष २०८०र८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको नाफा २१.४५ प्रतिशतले घटेको हो । 

अघिल्लो आवको दोस्रो त्रैमाससम्ममा १ अर्ब २ करोड २५ लाख रुपैयाँ आर्जन गरेको कम्पनीले चालू आवको समिक्षा अवधिसम्म ८० करोड ५३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुन गत वर्षको सोहि अवधिको तुलनामा २१.४५ प्रतिशतले कम हो । समिक्षा अवधिमा कम्पनीको निक्षेप समेत घटेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको निक्षेप १.१० प्रतिशतले घटेको छ ।

यो अवधिमा बैंकले १ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले १ खर्ब ५४ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन गरेको थियो । निक्षेपमा संकुचन आएपनि कम्पनीको कर्जा प्रवाह भने २.९९ प्रतिशतले वृद्धि भएको छ । वित्तीय विवरण अनुसार कम्पनीले समिक्षा अवधिसम्म १ खर्ब २९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।