आज सुन/चाँदीको मूल्य स्थिर, तोलाको कतिमा हुँदैछ कारोवार ? 

साताको पहिलो कारोवार दिन आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार १ लाख १५ हजार ५ सय रुपैयाँमा कारोवार भएको सुन आइतबार पनि सोही  मूल्यमा कारोवार भइरहेको छ । 

यस्तै, तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी चाँदीको मूल्य पनि आज स्थिर रहेको छ । शुक्रबार १ हजार ४सय ५० रूपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भइरहेको छ ।