विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

काठमाडौँ - आज २०८१ साउन ४, जुलाई १९, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । 
आज युरोपियन युरो १ को खरिद दर १४५.९८ रुपियाँ र बिक्री दर १४६.६४ रुपियाँ तोकिएको छ  । हिजो भने खरिद १४६ र बिक्री १४६.६५ रुपियाँ थियो ।

त्यसैगरी बिहीबार बेलायती पाउन्ड स्टर्लिङ १ को खरिद मूल्य  १७४.०१ रुपियाँ र बिक्री मूल्य१७४.७९ रुपियाँ रहेकामा आज भने खरिद १७३.३७ रुपियाँ र बिक्री १७४.१५ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । 

त्यसैगरी यसदिन अस्ट्रेलियन डलर १ को खरिद दर ८९.८९ रुपियाँ र बिक्री दर ९०.३० रुपियाँ छ, जुन अघिल्लो कारोबार दिन खरिद ९०.०१ रुपियाँ र बिक्री ९०.४१ रुपियाँ थियो । साथै, शुक्रबार थाई भाट, मलेसियन रिंगिट डेनिस क्रोनरको खरिदबिक्री मूल्य बिहीबारको तुलनामा स्थिर छ ।