देशभर मनसुनी वायुको प्रभाव : आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना 

काठमाडौँ - हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर साधरणतया बदली रही  कोशी, बागमती, गण्डकी, लुम्बिनी  र कर्णाली  प्रदेशका केही स्थानहरूमा हल्का  देखि मध्यम वर्षा भइरहेको छ । बागमती तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ ।  सबै  प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी  र सुदूरपश्चिम प्रदेशका एक–दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ ।

आज राति बागमती, गण्डकी र सुदूरपश्चिम  प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेकोले  ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।