प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा विष्णु रिमाल

काठमाडौँ -  प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा नेकपा एमालेका विष्णु रिमाल नियुक्त भएका छन् ।  बिहीबार बसेको मन्त्रिपरिषद बैठकले रिमाललाई प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 

उपमहासचिव रिमालले यसअघि दुई पटक प्रधानमन्त्रीको मुख्य सल्लाहकारको जिम्मेवारी सम्हालेका थिए । संविधानसभाबाट संविधान जारी भएपछि ओली पहिलो पटक प्रधानमन्त्री बन्दा र नेकपा माओवादी केन्द्र र नेकपा एमालेको गठबन्धन हुदै एकतापछि बनेको शक्तिशाली नेकपाबाट प्रधानमन्त्री बनेको समयमा पनि रिमाल मुख्य सल्लाहकार थिए ।