अशोकराज सिग्देल प्रधानसेनापति बन्ने निश्चित

काठमाडौँ - नेपाली सेनाका बलाधिकृत रथी अशोकराज सिग्देल प्रधानसेनापति बन्ने निश्चित भएको छ । यसअघि उनको उमेरसम्बन्धी विवादले संसय पैदा भएको थियो । 

सैनिक मुख्यालयमा पत्रकार सम्मेलन गरेर सेनाले पहिलो पटक रथी सिग्देलको उमेर विवादबारे प्रस्टीकरण दिदै कुनै विवाद नरहेको जनाएसँगै उनी प्रधानसेनापति बन्ने निश्चित भएको हो । रथी सिग्देलको २०४० सालमा रुपन्देहीबाट जारी भएको नागरिकता र २०५८ सालमा जाजरकोटबाट जारी भएको पहिलो प्रतिलिपिमा उल्लेख भएका सबै विवरण एउटै भएको सेनाको दाबी छ ।

नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माको कार्यकाल यही भदौ २४ गते सकिँदैछ । त्यसपछि रथी सिग्देल प्रधान सेनापति बन्दै छन् ।