गायिका अस्तिाले दुबई पुगेर गरिन प्रेमी महेशसँग इन्गेजमेन्ट

काठमाडौँ । गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले इन्गेजमेन्ट गरेका छन् । उनीहरूले दुबई पुगेर इन्गेजमेन्ट गरेका हुन् ।

केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका महेश र अस्मिताले इङगेजमेन्ट गरेका हुन् । 

आफूहरूले इङगेजमेन्ट गरेको महेश आफैँले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।

“सहयात्राको यो सुरुआत” भन्दै उनले लेखेका छन्, “वी आर इङगेजड ! आई लभ यु” भन्दै महेशले अस्मितासँगका तस्विर उनलाई ट्याग गरेका छन् । 

अस्मिता र महेशले केही चर्चित गीत सँगै गाएका छन् ।