७२ जिल्लामा फैलियो डेंगी, काठमाडौँमा सबैभन्दा धेरै

काठमाडौँ । सन् २०२४ को सुरुदेखि जुन दोस्रो सातासम्म देशभर साढे १२ सय जनसंख्यामा डेंगी संक्रमण देखिएको छ ।

७२ जिल्लामा डेंगी फैलिइ एक हजार २४१ जनामा संक्रमण पुष्टि भएकोे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी०ले जनाएको छ ।

ईडीसीडीका अनुसार जुन महिनाका १८ दिनमा (१ देखि १८ जुनसम्म) देशभर १५९ जना डेंगी संक्रमित थपिएका छन् । यो वर्ष (जनवरीयता) वाग्मती प्रदेशमा सबैभन्दा धेरै ४२८ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा धेरै काठमाडौंमा १४१ जनामा संक्रमण पुष्टि  भएको ईडीसीडीले जनाएको छ ।

यस्तै, झापामा ११२ जनामा डेंगी पुष्टि भएको छ । चितवनमा ७५, मकवानपुरमा ५९ जना संक्रमित भएको तथ्यांक छ । यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ । मुगु, डोल्पा, हुम्ला, जुम्ला, मुस्ताङबाहेक सबै जिल्लामा डेंगी देखिएको ईडीसीडीले जनाएको छ ।