एसीसी प्रिमियर कप टी–२० : यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौँ - ओमानमा जारी एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको संयुक्त अरब इमिरेट्स यूएई विरुद्धको सेमिफाइनल खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । यूएईले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । 

खेल नेपाल समय अनुसार, विहान ११ः ४५ बजे सुरु हुनेछ ।