मन्त्रिपरिषद्‌मा दलितहरूको प्रतिनिधित्व रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्‌मा दलितहरूको प्रतिनिधित्व रहने बताएका छन्।

मंगलबार प्रतिनिधिसभामा नेकपा (एमाले) का सांसद सचिव छविलाल विश्वकर्माले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले भने, ‘अहिलेको क्याबिनेटमा दलितहरूको प्रतिनिधित्व हुनेछ।’

यसअघि नयाँ गठबन्धन निर्माणपछि विस्तार भएको मन्त्रिपरिषद्‌मा आफूहरूको प्रतिनिधित्व नरहेको भन्दै प्रधानमन्त्री प्रचण्डप्रति दलित समुदाय असन्तुष्ट छन्।