सेयर बजार घट्यो, लगानी कर्ताहरु पर्ख र हेरको अबस्थामा !

काठमाडौँ - मंगलबार सेयर बजार घट्दा कारोबार रकम भने २६ प्रतिशत बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६.२४ अंक ०.३ प्रतिशत घटेको छ । सो गिरावटपछि नेप्से २०६७ अंकमा कायम भएको छ । अघिल्लो दिन २ अर्ब ८८ करोडको कारोबार भएकोमा मंगलबार २६ प्रतिशत धेरै अर्थात ३ अर्ब ६३ करोडको भयो ।

१०४ कम्पनीको मूल्य बढ्दा १२८ को घट्यो भने ११ को स्थिर रह्यो । तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । बुद्धभूमि हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट र धौलागिरि लघुवित्तको मूल्य १० प्रतिशत बढेको हो । आजबाट सूचीकृत भएको सर्वोत्तम सिमेन्टको मूल्य प्रतिकित्ता ६११ रुपैयाँ ६० पैसा पुगेको छ ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा समूहमा मात्रै हरियाली छायो भने अन्य १० वटा समूहमा रातो पोतिएको छ । आज वित्त समूह २।१० प्रतिशत,जीवन बीमा ०।०६ र लघुवित्त समूह २.०३ प्रतिशतले वृद्धि भए ।  संसदमा गृहमन्त्रीको राजीनामा मागिनु, राजनीतिक अस्थिरता बढ्नुले लगानीकर्ता पर्ख र हेरको अवस्थामा  बिश्लेषकहरुले बताए ।