धितोपत्र बोर्डमा आइपीओ र हकप्रदको चाङ, जगदम्बा स्टिलको २ करोड आइपीओ आउने !

काठमाण्डौँ - नेपाल धितोपत्र बोर्डमा आइपीओ र हकप्रद सेयर निष्कासनका लागि अनुमति माग्ने कम्पनीहरुको चाङ बढ्दो छ । हाल बोर्डमा ३५ कम्पनीले हकप्रद सेयर निष्कासन अनुमति मागेका छन् भने ११ कम्पनीले आइपीओ जारी गर्नका लागि अनुमति मागेका छन् ।

 सबैभन्दा धेरै जगदम्बा स्टिलले २ करोड ७ लाख कित्ता आइपीओ अनुमति मागेको छ । आइपीओ अनुमति माग्नेमा जलविद्युत कम्पनीहरुको वर्चश्व रहेको छ । यस समूहअन्तरर्गतका १७ कम्पनीहरुले अनुमति मागेका छन् ।