आजको शेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरु कुन-कुन छन् ? 

काठमाण्डौँ - मंगलबार सेयर बजार घट्दा कारोबार रकम भने २६ प्रतिशत बढेको छ । यो दिन शिवम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । यो कम्पनीको आज २५ करोड ९७ लाख बढीको सेयर कारोबार भएको छ ।  

त्यस्तै सोनापुर मिनरल्सको १८ करोड ८९ लाख,गोर्खाज फाइनान्सको १५ करोड ८२ लाख,घोराही सिमेन्टको १० करोड १६ लाख र नेपाल फाइनान्सको ९ करोड ५५ लाख बढीको सेयर कारोबार भएको छ ।  

आज तीनवटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज बुद्धभुमि नेपाल हाईड्रो,सर्वोत्तम सिमेन्ट र धौलागिरी लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।  

यी कम्पनीहरुको सेयरमूल्य क्रमशः१०,१० र ९.९९ प्रतिशतले बढेको छ । इन्फिनीटी लघुवित्तको सेयरमूल्य ९.४५,भगवती हाईड्रोको ९.२९ र युनिक नेपाल लघुवित्तको सेयरमूल्य ९.०५ प्रतिशतले बढेको छ ।