डिप्रोक्स लघुवित्तको लाभांश लिने हैन ? यसरी बन्नुहोस् सेयरधनी 

काठमाण्डौँ - डिप्रोक्स लघुवित्तले चैत २५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा पार्क सफारी रिसोर्ट सौराहा, चितवनमा बिहान १० बजे सुरु हुनेछ ।

 सभामा गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश हुनेछ । यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । 

सभा प्रयोजनका लागि कम्पनीले चैत १५ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, चैत १४ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।