इजरायलद्वारा गाजाको अल–शिफा अस्पतालमा हमला

एजेन्सी । इजरायली सेनाले गाजा शहरको अल–शिफा अस्पतालमा हमला गरेको छ। आक्रमणमा परि अस्पतालमा कति जनाको मृत्यु भयो र कति घाइते भए भन्ने विवरण आइ नसकेको बताइएको छ।

गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले अल–शिफा कम्प्लेक्समा हमला गरेको र सेनालाई उत्तरी गाजामा स्वास्थ्य प्रणालीलाई ध्वस्त पार्ने उद्देश्यका लागि केन्द्रित बनाएको आरोप लगाएको छ।

गाजा पट्टीको सबैभन्दा ठूलो अस्पताल अल–शिफालाई यसअघि पनि इजरायली सेनाले निशाना बनाएको थियो।