सामसङ ग्यालेक्सी एस–२४ सिरिजको बुकिङ सुरू, अग्रिम बुकिङ गर्ने ग्राहकलाई अफरै अफर

काठमाडौँ । स्मार्टफोन सामसङको सामसङ ग्यालेक्सी एस–२४ सिरिजको बुकिङ सुरू भएको छ। दक्षिण कोरियाली ग्यालेक्सी एस–२४ अल्ट्रा, ग्यालेक्सी एस–२४ प्लस र ग्यालेक्सी एस–२४ बेसको बुकिङ खुलेको कम्पनीले जानकारी दिएको छ।

ग्राहकले अल्ट्रा–२५६ जिबी किन्दा डबल मेमोरी र बड्स एफई निशुल्क पाउने छन्। साथै, ४ जिबी र्याम ६४ जिबी स्टोरेज भएको ट्याब ए–८ एलटीई दुई हजार पाँच सय रूपैयाँमा पाउने कम्पनीले बताएको छ। त्यस्तै, प्लस र बेसको खरिदमा बड्स एफई ४ हजार रूपैयाँ पाउने छन्। 

उपहार बाहेक अग्रिम बुकिङ गर्ने पहिलो पाँच सय ग्राहकहरूले एनसेल प्रिमियम नम्बर प्रतिदिन ७० मिनेट अल नेट भ्वाइस, सात सय एमबी डेटा र ७० एसएमएस सुविधा ६ महिनाका लागि तीन हजार पाँच सय रूपैयाँ पाउने कम्पनीले बताएको छ।