धरान उपमहानगरमा सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक

काठमाडौँ । धरान उपमहानगरपालिकाले सार्वजनिक स्थानमा सूर्तीजन्य पदार्थ बिक्री वितरण र प्रयोगमा रोक लगाएको छ ।

शुक्रबार एक सूचना जारी गर्दै मेयर हर्क सम्पाङले बको १५ दिनपछि सूर्तीजन्य पदार्थ बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाइने जनाएका छन् ।

 सार्वजनिक स्थानमा चुरोट, बिँडी, तमाखु, सुल्फा, प्लास्टिकमा प्याक गरिएका कच्चा सूर्ती, खैनी, गुटखा, पान परागसहितका सूर्तीजन्य पदार्थ भण्डार गर्ना, बिक्री गर्न तथा प्रयोग गर्न रोक लगाएको हो । 

कसैले अवज्ञा गरे नगर प्रहरीमार्फत जफत गरी कानुनबमोजिम कारबाही गरिने उपमहानगरको चेतावनी छ । यसअघि काठमाडौं महानगरपालिका र धनगढी उपमहानगरपालिकाले सुर्तीजन्य पदार्थको बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाइसकेका छन् ।