आज विदेशी मुद्राको विनिमय दर कति छ ? 

काठमाडौँ - नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयर दर तोकेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.५१ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.११ रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.३८ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.०३ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.०० रुपैयाँ रहेको छ भने बिक्री दर १६८.७६ रुपैयाँ रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८८.७४ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.१४ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.३२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.३७ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५० रुपैयाँ रहेको छ ।