सुनको मुल्य स्थिर, हेर्नुहोस् तोलाको कतिमा हुँदैछ कारोबार ? 

 काठमाडौँ - चालु साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ स्थिर रहेको छ। सुनको भाउमा कुनै फेरबदल भएको छैन ।
योसँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको थियो । यो दिन प्रतितोला छापावाल सुन १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँमा किनबेच भएको थियो । शुक्रबार चाँदीको भाउ भने तोलामा २० रुपैयाँले बढेर १ हजार ३९० रुपैयाँ कायम भएको छ। बिहीबार तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३७० रुपैयाँमा किनबेच भएको थियो ।