परराष्ट्रमन्त्री देउवा आज नयाँ दिल्ली जाने

काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा आज (आइतबार) भारतको राजधानी नयाँ दिल्ली जाने भएकी छिन् ।

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्रीको भ्रमण स्वीकृत गरेको थियो ।

परराष्ट्रमन्त्रीको रूपमा आरजुको यो पहिलो विदेश भ्रमण हो । स्वास्थ्य उपचारको शिलशिलामा नयाँ दिल्ली जान लागेकी देउवाले त्यहाँ राजनीतिक भेटवार्ता गर्ने स्रोतले बतायो ।

भारतीय समकक्षी डा. एस जयशंकरसँग उनले भेट्ने कार्यक्रम छ । हालै मात्र भारतीय विदेश सचिव विजय मिश्रीले नेपालको भ्रमण गरेका थिए ।

परराष्ट्रमन्त्री राणा यही भदौ ६ गते स्वदेश फर्कने तालिका छ ।