परराष्ट्रमन्त्री राणा भारत प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन् ।

आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उनी भारत प्रस्थान गरेकी हुन् । उनले पाँच दिन भारत भ्रमणमा बिताउनेछिन् ।

भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा राणा भारत भ्रमणमा जान लागेकी हुन् ।