प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

 काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा आइतबार विश्वासको मत लिने भएका छन् । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले ३० दिनसम्ममा विश्वासको मत लिन पाउने व्यवस्था भए पनि प्रधानमन्त्रीले आइतबारकै संसद् बैठकमा विश्वासको मत लिने प्रस्ताव राख्ने कार्यक्रम रहेको जानकारी दिए ।

आफ्नै दलको समर्थनमा रहेको पुष्पकमल दाहाल नेतृत्वको सरकार विस्थापित गरी ओली आइतबार संविधानको धारा ७६ २ बमोजिम चौथो पटक प्रधानमन्त्री भएका हुन् । संविधानको धारा ७६ २ अन्तर्गत नियुक्त प्रधानमन्त्रीले सोही धाराको उपधारा ४ बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । प्रधानमन्त्रीको शपथ लिएकै दिन ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिइसकेका छन् । मन्त्रिपरिषद्मा कांग्रेस र एमालेका अतिरिक्त जसपा र लोसपा पनि सहभागी छन् ।