सभामुख घिमिरे र प्रमुख सचेतकहरूबीच सिंहदरबारमा छलफल

काठमाडौँ ।  सभामुख देपराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्। साउन ६ गते  प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएपछि  सभामुख घिमिरेले दलका प्रमुख सचेतकसँग छलफल गरेका हुन् ।

आज बिहीबार सिंहदरबारमा भएको छलफलमा  पछिल्लो राजनीतिक गतिविधि र सदनको काम कारबाहीका विषयमा छलफल भइरहेको बताइएको छ।

छलफलमा उपसभामुख इन्दिरा राना पनि सहभागी छन्। सत्ता समीकरण बदलिएर नयाँ सरकार बनेपछि सभामुखले प्रमुख सचेतकहरूसँग गरेको यो पहिलो छलफल हो।