किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ  

काठमाडौँ । १५ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जना व्यक्तिलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मोरङ बिराटनगर महानगरपालिका–११ बस्ने ५१ वर्षीय प्रविन अग्रवाल रहेको प्रहरीले जानकारी दिएको छ ।

अग्रवालले ती किशोरीलाई ललाई फकाई धनकुटा साँगरुगढी गाउँपालिका–६ भेडेटारस्थित होटेलमा लगेर आइतबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।