नेपाल प्रहरीका चार एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौँ - नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी प्रहरी नायब महानिरीक्षक डीआईजीका लागि बढुवा सिफारिस भएका छन् ।

शुक्रबार बेलुका बसेको बढुवा समितिको बैठकले एसएसपीहरु कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, मनोजकुमार केसी र राजन अधिकारीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

बढुवा भएकामध्ये पोखरेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत छन् भने कार्की कर्णाली प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा कार्यालयमा छन् । यस्तै केसी र अधिकारी प्रहरी प्रधान कार्यालयमा कार्यरत छन् ।