ललितपुरको खोकनामा चोरीको घटनामा संलग्न ६ जना पक्राउ

काठमाडौँ - ललितपुरको खोकनामा चोरीको घटनामा संलग्न ६ जना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका–२१ खोकनास्थित नवराज गुरुङको घरमा कोही नभएको मौका पारी चोरी गर्नेहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

रामेछाप दोरम्बा गाउँपालिका–४ गौसरा स्थायी घर भइ जिल्ला ललितपुर महानगरपालिका–१५ खुमलटार बस्ने कमल थापा मगर, सोहि ठाउँका धनलाल थापामगर, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–६ बतासे स्थायी घर भई काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–११ कपन बस्ने सुवास सुनार र सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–५ शिखरपुर स्थायी घर भई काठमाडौँ जिल्ला कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानीस्थित सुन–चाँदी पसल सञ्चालन गरी बस्ने रेशम विक पक्राउ परेका हुन् ।