एकीकृत समाजवादीको महाधिवेशन सर्‍यो  

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को महाधिवेशन मिति सरेको छ । पार्टीले यसअघि जेठ ३ गतेदेखि ७ गतेसम्म गर्ने भनेको महाधिवेशन असार १६ देखि २० गतेसम्मका लागि सारेको हो ।

हिजो बसेको पार्टी सचिवालय बैठकले आन्तरिक तयारी अपुग भएकाले असारमा सार्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

महाधिवेशन असार १६ गतेदेखि २० गतेसम्म काठमाडौँमा गर्ने निर्णय भएको उनले बताए । सङ्गठनको तल्लो तहदेखि नै महाधिवेशन सार्नुपर्ने माग भएकाले त्यसैअनुसार निर्णय गरिएको उनको भनाइ छ ।