एमालेको जनसंगठनहरुले महिला राष्ट्रिय भेला आयोजना गर्ने

काठमाडौं - नेकपा (एमाले)को जनसंगठन समन्वय संयन्त्रको बैठकले जनसंगठनहरूको महिला राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ ।

एमाले केन्द्रीय कार्यालय, च्यासलमा बुधबार बसेको संयन्त्रको बैठकले आगामी जेठ १६ र १७ गते जनसंगठनहरूको महिला राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको संयन्त्रका संयोजक, पार्टी स्थायी कमिटीका सदस्य भानुभक्त ढकालले जानकारी दिए ।