एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौँ - लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ एन्फा उपाध्यक्ष दावा लामा छुटेका छन् ।

काठमाडौं जिल्ला अदालतले बिहीबार लामालाई छाडेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई बुधबार पक्राउ गरेको थियो ।

लामालाई ५ वर्ष कैद सजाय भएको र ४ वर्षभन्दा बढी कैद भुक्तान हुन बाँकी रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
स्रोतका अनुसार लामाले आफूसँग स्टे अर्डर भएको प्रमाण प्रस्तुत गरेका थिए । पुनरावेदनको विषयलाई लिएर अदालतले छाडेको बुझिएको छ ।