उपनिर्वाचनका लागि इलाम –२ मा मतदाता शिक्षा सुरु

इलाम - वैशाख १५ मा हुने उपनिर्वाचनका लागि इलाम –२ मा मतदाता शिक्षा सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालयले निर्वाचन हुने ६ पालिकामा एक–एक जना निर्वाचन सम्पर्क व्यक्ति तोकेको छ । सम्पर्क व्यक्तिमार्फत स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षाका लागि खटाइएको छ । 

वैशाख ११ गतेसम्म सञ्चालन हुने मतदाता शिक्षा कार्यक्रमका लागि इलाम– २ मा ८६ जना स्वास्थ्य स्वयंसेविका खटेका छन् । प्रत्येक निर्वाचन सम्पर्क व्यक्तिले आफ्नो पालिकामा खटिने स्वयंसेविकालाई मतदाता शिक्षासम्बन्धी अभिमुखीकरण गरी मतदाता शिक्षामा खटाएको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ ।