एसीसी प्रिमियर कप आजदेखि सुरु हुँदै

 

काठमाडौँ - एसिया कप छनोटको आधारको रुपमा रहेको एसीसी प्रिमियर कप आजदेखि काठमाडौंमा सुरु हुँदैछ । उदघाटन खेलमा घरेलु टोली नेपालले मलेसियासँग खेल्दैछ ।

समूह ‘ए’ मा रहेको नेपाल र मलेसियाबीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ ।