अर्को सूचना जारी नभएसम्म विराटनगरमा सभा, सम्मेलन नगर्न प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा सभा, सम्मेलन नगर्न आग्रह गरेको छ।

विराटनगर १५ र १७ नम्बर वडामा बुधबार दुई समूहबीचको झडप भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो।

‘जिल्ला सुरक्षा समितिमा छलफल भई मोरङ जिल्लाको शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मद्देनजर राखी सम्भावित मानवीय क्षति कम गर्न तथा सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न आज मिति २०८१।०१।०६ गते बिहान १०ः०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय मोरङसँग समन्वय नगरी राजनीतिक सभा, सामाजिक भेला, धार्मिक गतिविधि लगायत सबै प्रकारका र्‍याली, भेला, प्रदर्शन कार्यक्रम नगर्नरनगराउन हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना जारी गरिएको छ।’ सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार शाहद्वारा जारी सूचनामा उल्लेख छ।