काभ्रेमा किम्बु खाएर १२ वर्षीय बालकको मृत्यु

काठमाडौँ । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा न ४ मा किम्बु खाएर अत्याधिक वान्ता भइ एक बालकको मृत्यु भएको छ ।

नमोबुद्ध–४ काफ्लेथोक बस्ने गणेश प्रसाद मैनालीका १२ वर्षीय छोरा प्रशान्त मैनालीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार  बुधबार विद्यालयबाट घर फर्कने क्रममा किम्बु खाँदै गएकोमा घर पुगी अत्याधिक बान्ता गरेपछि उपचारको लागि मेथिनकोट अस्पताल भकुण्डेमा लगिएको थियो ।

अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। बालकको शव पोष्टमार्टमको लागि अस्पताल पठाएकोमा पोष्टमार्टमपश्चात् शव परिवारले बुझेको प्रहरीको भनाइ छ।