जंगली हात्तिको आक्रमणबाट मोरङमा दुईजना घाइते

काठमाडौँ । जंगली हात्तीको आक्रमणबाट मोरङमा दुईजना घाइते भएक छन् ।

आइतबार साँझ जंगली हात्तिले आक्रमण गर्दा सुन्दरहरैँचा नगरपालिका–६ का ५० वर्षीय रामकुमार श्रेष्ठ र १९ वर्षीय सन्तोष राय घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

डीएसपी दाहालको अनुसार घाँस काट्न शिवम् साझेदारी वन गएका बेला जंगलमा जम्काभेट हुँदा श्रेष्ठ र रायलाई साँझ ५ बजेतिर हात्तीले आक्रमण गरेको हो ।

हात्तिले  श्रेष्ठको खुट्टामा कुल्चिएको र रायलाई सुँडले हानेको प्रहरीले जनाएको छ । घाइतेमध्ये श्रेष्ठको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र रायको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको दाहालले बताए ।