भ्लादिमिर पुटिन  रुसको राष्ट्रपति बन्ने पक्का

एजेन्सी । भ्लादिमिर पुटिनले राष्ट्रपति चुनावमा ठूलो मतान्तरले विजयी भएको दाबी गरेका छन्। विजयीपछि रुसका वर्तमान राष्ट्रपति पुटिनले पाँचौं पटक यो पदको जिम्मेवारी सम्हाल्नेछन्।

पुटिनले लगातार पाँचौं पटक पनि जित्ने दाबी गर्दै आएका थिए। निर्वाचनको नतिजापछि उनले ८७ प्रतिशत मत प्राप्त गरेको दाबी गरेका छन्। यो घोषणापछि उनले रुसको लोकतन्त्र धेरै पश्चिमी देशको भन्दा पारदर्शी रहेको बताए।

राष्ट्रपति चुनावमा पुटिनको विरुद्धमा उभिएका तीन जना उम्मेदवारलाई ‘रबर स्ट्याम्प’ भनिएको थियो।

बिबिसी समाचारका अनुसार वास्तवमा कुनै पनि विश्वसनीय विपक्षी नेतालाई उभिन दिइएन।