शेयर बजारमा प्रयोग हुने 'बुल ट्रयाप' के हो ? साना लगानीकर्ता मारमा !

काठमाण्डौँ - शेयर बजारमा प्रयोग हुने शब्द बुल ट्रयाप हो । बुल ट्रयाप शेयर बजारमा क्रियाशिल ठूला लगानीकर्ताहरुले गर्ने एक चलखेल हो । शेयर बजारमा क्रियाशिल अल्पकालीन लगानीकर्ता वा भनौं एउटा चलाख समूहहरुको झुण्ड जसले आफ्नो सीमित उदेश्य पूरा गर्नका लागि कृतिम खरीद चाप सिर्जना गरि नाफा कमाउने उद्देश्यका साथ सूचक वा धितोपत्रको मूल्य बढाउने काम यसमा गरिन्छ  ।

कुनै निश्चित समूहले शेयर बजार अथवा कुनै पनि धितोपत्रको मूल्य अब बढेको बढ्यै गर्छ भन्ने किसिमले लगातार बढाइन्छ । एउटा निश्चित बिन्दुसम्म बढोत्तरी भैसकेपछि नेप्से सूचक वा सम्बन्धित कम्पनीको शेयरमूल्य पुनः बढाउन सुरु गरिएको मूल्यसम्म नै झर्नेगरि तल्लो स्तरमा घटाउने काम हुन्छ । 

विशेष गरी बुल ट्रयापमा नवप्रवेशी तथा शेयर बजारमा हुने चलखेलको ज्ञान कम हुने लगानीकर्ताहरु यसमा बढी फस्ने गर्दछन् । निरन्तरको बजारमा वृद्धिले मूल्य अझ बढ्ने र नाफा हुने लोभ ती लगानीकर्तामा फैलाइने गरिन्छ । विभिन्न सामाजिक सञ्जाल, समूह बनाएर अफवाह फैलाउने काम हुन्छ । नयाँ तथा साना लगानीकर्ताहरुलाई जालमा फसाउन विछ्याउँने यस्तो जालमा ट्रेडरहरु पनि पर्ने सम्भावना पनि रहन्छ । 

नयाँ लगानीकर्तामा कम्पनीको वित्तीय अवस्था नाफा वृद्धिदर, विगतदेखि वितरण गरेको लाभांश प्रतिशेयर आम्दानी, मूल्य आम्दानी अनुपात० र संस्थागत सुशासनसम्मका कुरामा विशेष ध्यान ध्यान हुँदैछ । जसका कारण सो ट्रयापमा फासेका लगानीकर्ताहरु आफु बुल ट्रयापमा परेको थाहा नपाउँदै धेरै नोक्सानी खाएर बाहिरिन बाध्य हुन्छन् ।

धितोपत्रको दोस्रो बजार एकदमै संवेदनशिल क्षेत्र हो ।