आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो छ देशभरको मौसम ?

 काठमाण्डौँ - मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । अहिले प्रदेश १ का पहाडी भूभागमा बदली रहेको जानकारी दिँदै महाशाखाले बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

आगामी २४ घण्टामा तराईका एकरदुई स्थानमा बिहान हुस्सु कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ । आज प्रदेश १ का पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।

आइतबार प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । अन्य स्थानको मौसम भने सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । सोमबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने तथा प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुन सक्ने महाशाखको पूर्वानुमान छ ।