इजरायली आक्रमण ः विश्वभर प्यालेस्टेनीहरुको प्रदर्शन  

एजेन्सी । इजरायलले गाजाको रफाहमा गरेको आक्रमणको विरोधमा विश्वभर प्रदर्शन हुन थालेको छ । प्यालेस्टेनी समर्थकहरुले गाजामा तत्काल युद्ध विरामको माग गर्दै प्रदर्शन गरेका हुन् ।

स्पेनको मड्रिडमा भेला भएका प्रदर्शनकारीहरुले इजरायल सरकारको ज्यादती विरुद्ध नारा लगाएर शहरको परिक्रमा गरेका छन् । प्रदर्शनका कारण देशको यातायात सेवासमेत अस्तव्यस्त बनेको छ ।

यसैगरी बेलायतमा प्यालेस्टाइनी सोलिडारिटी क्याम्पेनले आयोजना गरेको प्रर्दशनमा २ लाख ५० हजार मानिस सहभागी भएको अनुमान गरिएको छ । उनीहरुले इजरायल र हमासबीच तत्काल युद्धबिरामको माग गर्दै गाजाको जनताको रक्षाको प्रत्याभुती गर्न माग गरेका छन् ।

उनीहरुले लण्डनमा कोण सभाको आयोजना गरी विश्वभरका प्यालेस्टाइनहरुलाई एकजुट हुन आव्हन समेत गरेका छन् । सोही क्रममा प्रहरीसंगको झडपमा १२ जनालाई पक्राउ गरिएको छ ।

इजरायलले पछिल्लो समय रगाजाको रफाह क्षेत्रमा आक्रमण जारी राख्दा ठुलो हताहत भएको छ । सो क्षेत्रमा एकसाथ हवाई र स्थलगत आक्रमण गरेको इजरायलको चौतर्फी विरोध शुरु भएको छ ।