उखु किसानको ५२ करोड बक्यौता रकम तत्काल भुक्तानी दिने सरकारको निर्णय

काठमाडौँ - सरकारले उखु किसानहरूलाई भुक्तानी दिन बाँकी ५२ करोड रूपैंयाँ तत्काल भुक्तानी दिने निर्णय गरेको छ । आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”को पहलमा बसेको बैठकले उखु किसानहरूको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महत, कृषिमन्त्री डा बेदुराम भुसाल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, मुख्यसचिव डा। बैकुण्ठ अर्याल, अर्थ मन्त्रालय, कृषि मन्त्रालय र उद्योग मन्त्रालयका सचिवहरू लगायत उपस्थित थिए ।